नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा. पद्मप्रसाद खतिवडाको नेतृत्वमा एक सय ५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा. तिलक भुसाल, नरेन्द्र शिवाकोटी र माया घिमिरे चयन भएका छन्।
संगठनको महासचिवमा सुमन खरेल रउपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र डा देवराज आर्याल, सचिवमा होमबहादुर बस्नेत, किशोर साह, छवि बराल, श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णुकुमार खड्का, कृष्णसिंह साउद, कोषाध्यक्षमा कृष्ण ओझा र सहकोषाध्यक्षमा चन्द्रबदना राई चयन भएका निर्वाचन समितिले जनाएको छ।
यही वैशाख ८ गते प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए। रासस
Shares

प्रतिक्रिया