जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल पनि मारिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नरवालले अप्रिल १६ मा मात्र विवाह गरेका थिए।
उनी आफ्नी श्रीमतीसँग हनिमुन मनाउन कश्मीर गएका थिए। उनकी पत्नी हिमान्सी भने बाँच्न सफल भएकी छन्।
विनयका हजुरबुबा हवा सिंह नरवालले पत्रकारहरूलाई भने, ‘उनी विवाहपछि स्विट्जरल्यान्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले कश्मीर गएका थिए।’

हरियाणाको करनाल जिल्लाका नरवाल दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए।
उनी मारिएपछि कर्नालको भुस्ली गाउँ शोकमा डुबेको छ।
विनय आफ्ना आमाबाबुको एक्लो सन्तान थिए।
मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
हमलामा एक नेपाली पनि मारिएका छन् भने अर्का नेपाली घाइते भएकी छन्।
Shares

प्रतिक्रिया