कक्षा १२ को परीक्षा हाललाई स्थगित गरी वैशाख २१ देखि सञ्चालन गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस विषयमा आधिकारिक रूपमा सूचना प्रकाशनको तयारी गरेको छ।
बोर्ड स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि यो तयारी भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेलाई बोलाएर परामर्श गरेका थिए।
प्रधानमन्त्री ओली पनि परीक्षा सार्ने विषयमा सकारात्मक देखिएपछि बोर्डले नयाँ तालिका बनाएको हो।
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री तयार
यसअघि बिहान निजामती कर्मचारी खटाएर भए पनि तोकिएकै मितिमा परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको थियो। विरोधमा कर्मचारी संगठनहरूले त्यस निर्णयमा विरोध जनाउँदै शिक्षकविरूद्ध कर्मचारी परिचालन नगर्न चेतावनी दिएका थिए।
369
Shares

प्रतिक्रिया