ad ad

समाज


  ज्वरोको बिरामी देख्नेबित्तिकै नतर्सिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

   ज्वरोको बिरामी देख्नेबित्तिकै नतर्सिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:२८,

ज्वरोको बिरामीलाई अस्पतालहरुले उपचार गर्न नमानेका घटना सार्वजनिक भएसँग स्वास्थ्य मन्त्रालयले त्यस्तो नगर्न आह्वान गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालहरुलाई बिरामीको उपचार गर्न आग्रह गरे।

‘हरेक अस्पतालमा ज्वरोको बिरामी भन्ने बित्तिकै डराउने अवस्था देखिएको छ। कोरोनाबाहेक अन्य केसमा पनि ज्वरो आउँछ।’ उनले भने, ‘त्यस्ता बिरामीलाई समयमै उपचार नगर्दा स्वास्थ्य जटिल बन्न सक्छ। कतिपयको मृत्यु पनि हुनसक्छ। म अस्पतालहरुलाई त्यसो नगर्न आग्रह गर्छु।’

 यससँगै वीर अस्पताल र पाटन अस्पतालमा सोमबार मृत्यु भएकाहरुलाई कोरोना संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।

पाटनमा निधन भएका एकजना तथा वीरमा निधन भएका दुई जनाको कोरोना परीक्षण निगेटिभ आएको देवकोटाले मंगलबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

ज्वरो तथा खोकीको लक्षणसहित अस्पताल भर्ना भएका उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा मृत्यु भएपछि कोरोना परीक्षण गरिएको थियो।

मंगलबार आएको परीक्षण रिपोर्टमा कसैमा कोरोना संक्रमण नदेखिएको प्रवक्ता देवकोटाले बताए।

 यसलाई स्वास्थ्य मन्त्रालयले एकदमै गम्भीर रुपमा लिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .