ad ad

समाज


जनकपुरका दुई शंकास्पद बिरामीमा भेटिएन कोरोना

जनकपुरका दुई शंकास्पद बिरामीमा भेटिएन कोरोना

शैलेन्द्र महतो
चैत १८, २०७६ मंगलबार ११:२५,

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरस संक्रमणको शंका गरिएका २ बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।

भारतको जयपुर, अम्बालाबाट फर्केका धनुषाको औरही र जनकपुरका एक/ एकजना जना गरी दुईजनालाई ज्वरो र रुघाखोकी लागेपछि प्रदेशिक अस्पताल जनकपुरको आइसोलेशनमा शनिबार भर्ना गरिएको थियो।

दुवैजनाको स्वाव परीक्षणको लागि आइतबार काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। मंगलार दुवैजनाको रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रादेशिक अस्पताल जनकपुरका बरिष्ठ जनरल फिजिसियन एवं कोरोना उपचारको जिम्मा पाएका डा. कुल्दिप पण्डितले जानकारी दिए।

आइतबारदेखि प्रादेशिक अस्पताल जनकपुरमै कोरोनो उपचारको लागि व्यवस्थापन गरिएको छ। शंकास्पद बिरामीलाई राखेर उपचार गर्न ७ वटा बेडसहितको आसोलेशन वार्ड र कोरोना संक्रमित बिरामीलाई उपचार गर्न ५ बेडको अर्को वार्ड तयार गरिएको अस्पताल प्रमुख डा. नागेन्द्र यदवले जानकारी दिए।

आइबार आइसोलेशन वार्डमा ६ जना कोरोना शंकास्पद बिरामी भर्ना भएका थिए। जसमा ४ जना समान्य रुघाखोकी लागेको र कोरोनाको लक्षण नदेखिएपछि सोमबार नै डिस्चार्ज गरिएको डा. पण्डितले बताए।

मंगलबार पुनः ४ जना कोरोना संक्रमित शंकास्पद बिरामी अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्। चारैजनाको स्वाव परीक्षणको लागि बुधबार काठमाडौं पठाउने डा. पण्डितले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .