कक्षा १२ को परीक्षाको नजितामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सक्ने भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले शुक्रबार सूचना प्रकाशित गरी पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ। यसका लागि परीक्षा नियन्त्रण कार्यालयले असार १२ गतेसम्मको समय तोकेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, एउटा विषयको पुनर्योग गर्न एक हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। डिजिटल वालेटबाटै शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको हो। गत वैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो।

252
Shares

प्रतिक्रिया