ad ad

समाज


पोखरामा आजबाट कोरोना परीक्षण हुन्छः स्वास्थ्य मन्त्रालय

पोखरामा आजबाट कोरोना परीक्षण हुन्छः स्वास्थ्य मन्त्रालय

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:१९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा आजबाट कोरोना परीक्षण सुरु हुने जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पोखरामा कोरोना परीक्षण मेसिन (पीसीआर) जडान कार्य सकिएको बताउँदै आजैबाट परीक्षण सुरु हुने जानकारी दिए।

उनले त्यस्तो मेसिन धनगढीमा मेसिन गइसकेको, जनकपुरका लागि पठाइएको मेसिन बाटोमा रहेको र बुटवल र सुर्खेतमा जानेक्रममा रहेको बताए।

चीनबाट सरकारले आइतबार ५ वटा पीसीआर मेसिन ल्याएर प्रदेशमा बाँडेको थियो।

धरानमा यसअघि नै परीक्षण थालिसकिएको र हेटौँडामा त्यहीँ भएको मेसिनलाई प्रयोग गरिने देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .