समाज


यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

नेपालखबर
असार ५, २०८३ शुक्रबार १०:३७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को (नियमित/आंशिक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। 

यस वर्ष २०८३ मा कक्षा १२ को परीक्षामा पाँच वर्षयताकै बढी ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

गत वर्ष २०८२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसको तुलनामा यस वर्ष ३ प्रतिशत बढी विद्यार्थी पास भएका हुन्। 

त्यसो त यसापालिको नतिजा २०७८ यताकै उच्च हो। 

२०७८ सालको परीक्षामा ४६.४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

२०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

२०८० को परीक्षामा नतिजा केही घटेको थियो। सो वर्ष ५०.९१ प्रतिशत उत्तीर्ण भएका थिए।

२०८१ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ।

तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्। 

जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्णमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad