समाज


एमबीबीएसको सिट संख्या बढाउने कार्यदल खारेजीको माग गर्दै चिकित्सकहरू धर्नामा

एमबीबीएसको सिट संख्या बढाउने कार्यदल खारेजीको माग गर्दै चिकित्सकहरू धर्नामा

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:४१, काठमाडौँ

चिकित्सा शिक्षातर्फको(एमबीबीएस)को सिट संख्या बढाउन बनाइएको कार्यदल खारेजको माग गर्दै आवासीय चिकित्सकहरू आज चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन्। 

स्नाकोत्तरतह (पीजी)का आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन एमबीबीएसको सिट बढाउने चलखेल गरिएको भन्दै कार्यदल खारेज गर्न माग गरेका हुन्।  

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा.शेषराज घिमिरे एमबीबीएसको सिट बढाएर निर्वाह भत्ता दिन गठन गरिएको कार्यदल खारेज गराउन आयोगमा धर्ना दिने निर्णय भएको बताए। 

'चिकित्सा शिक्षामा गुणस्तरमाथि खेलवाड गर्ने गरी निर्णय गराउनबाट रोक्न कार्यदल खारेज हुनपर्छ भन्ने माग हो,' घिमिरेले भने, 'सरकारले निजी मेडिकल कलेज सञ्चालनलाई नाफा बढाउन चिकित्सा शिक्षाको गुणस्तरमा प्रहार गर्न सक्दैन्।'

चिकित्सकहरूले विभिन्न मागसहित बिदा, काम गर्ने समय तोक्नका लागि पनि छुट्टै कमिटी बनाउनुपर्ने माग गरेका छन्।  
 
'आवासीय चिकित्सकको निर्वाह भत्ता निर्णय भए बमोजिम पाउनुपर्छ। काम गर्ने समय, बिदा कति पाउने भनेर निर्णय गर्न कमिटी गठन गर्नुपर्छ भनेर माग राखेका छौँ' उनले भने।
 
आवासीय चिकित्सकहरू आठौँ तह बराबरको निर्वाह भत्ता पाउनुपर्छ भन्ने माग राखेर चैत्र २१ गतेदेखि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन्। माइतिघर मण्डलामा प्रर्दशन गर्दै आएका आवासीय चिकित्सक आज आयोगमा धर्ना दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad