आज दिउँसो सबैभन्दा धेरै तापक्रम भैरहवामा, कम जुम्लामा हुने
देशका आधा दर्जनभन्दा धेरै सहरमा आज पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
आज काठमाडौँ, धरान, विराटनगर, जनकपुर, पोखरा, जुम्ला, ताप्लेजुङ, लगायतका शहरमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाउको छ।
आज सबैभन्दा बढी तापक्रम भैरहवामा रेकर्ड हुने अनुमान पनि महाशाखाको छ।
भैरहवामा आज दिउँसो ३६ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान छ। सबैभन्दा कम तापक्रम भने आज राति जुम्लामा मापन हुने महाशाखाले जनाएको छ।
आज राति जुम्लाको तापक्रम चार डिग्री सेल्सियससम्म झर्ने अनुमान महाशाखाको छ।

414
Shares

प्रतिक्रिया