हाल कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति सुदूरपश्चिम प्रदेशबाहेक देशका सबै प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज रातिलाई प्रदेशगत रूपमा यस्तो छ वर्षाको सम्भावना:
कोसी प्रदेश: राति पहाड र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मधेस प्रदेश: राति तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
बागमती प्रदेश: राति पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
गण्डकी प्रदेश: राति पहाडका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
लुम्बिनी प्रदेश: राति पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
कर्णाली प्रदेश: राति पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: राति मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया