सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्।
सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)ले विरोध प्रदर्शनसहित काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलन थालेको हो।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजी ठगी विरुद्ध अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शन गरिएको थियो।
र्यालीपछि पीडितहरूले शान्तिबाटिकामा विरोध सभाको आयोजना गरेका छन्।

24
Shares

प्रतिक्रिया