कारोबार


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टल बुकिङ

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टल बुकिङ

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १८:८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले यही वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा  चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टल बुकिङ भएका छन्।

महासंघले प्रत्येक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो। यस्तै वस्तुगत संघका स्टलहरु समेत बुकिङ भइसकेका छन्।

मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिएकोमा हालसम्म चीन, भारत, पाकिस्तान, बङ्गलादेशका व्यवसायीहरुबाट स्टल बुकिङ भइसकेको छ। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुनलागेको महासंघले जानकारी दिएको छ। महासंघले २०८१ चैत ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो।

मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ। महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरु समेत राखिनेछ। मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरक्रृया गराउने लक्ष्य समेत छ। 

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिनेछन्। मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा महासंघको छ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरि विभिन्न भागमा आयोजना हुने क्रममा छ। विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ। मेलामा ज्येष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad