ad ad

समाज


उपत्यकामा लकडाउन उल्लंघन गर्ने २१ सय पक्राउ

उपत्यकामा लकडाउन उल्लंघन गर्ने २१ सय पक्राउ

नेपालखबर
चैत १७, २०७६ सोमबार १३:२१,

लकडाउन उल्लंघन गर्ने २ हजार बढी उपत्यकाबाट पक्राउ परेका छन्। उपत्यकाका तीन जिल्लाबाट सोमबार ३ सय ७० महिलासहित २ हजार ९७ जनालाई पक्राउ गरिएको हो।

सबैभन्दा बढी काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौंबाट १ हजार ६ सय १८ पुरुष र ३ सय ४७ जना महिला पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, ललितपुरबाट ८६ जना र भक्तपुरबाट ४६ जना पक्राउ परेका छन्।

२ सय ३२ वटा सवारीसाधान नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .