ad ad

समाज


धनगढी, सुर्खेत र विराटनगरमा सेनाले पुर्‍यायो स्वास्थ्य सामग्री

धनगढी, सुर्खेत र विराटनगरमा सेनाले पुर्‍यायो स्वास्थ्य सामग्री

नेपालखबर
चैत १७, २०७६ सोमबार १३:३६,

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री देशका विभिन्न ठाउँमा पुर्‍याइएको छ। सोमबार ती सामान नेपाली सेनाले धनगढी, सुर्खेत र विराटनगरमा ढुवानी गरेको हो।

सोमबार बिहान क्लोरिन समेत बोकेर उडेको नेपाली सेनाको जहाज आकस्मिक रुपमा फर्किएको थियो।

क्लोरिनले पाइलटलाई गाह्रो भएपछि जहाज फर्किएको र पछि क्लोरिन नपठाइएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डले बताए।

क्लोरिन भने गाडीबाटै ढुवानी गरिने भएको छ। सेनाले चिकित्सकका लागि मास्क, पन्जा, सेनिटाइजर र व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) लगेको हो।

सरकारले सातै प्रदेशबाट कोरोना परीक्षणको व्यवस्था गर्ने तयारी गरिरहेकाले ती स्थानमा सामान पठाएको हो। अन्य प्रदेशमा भने गाडीमार्फत सामान पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .