समाज


२०८२ सालमा यी ८८ दिन सार्वजनिक बिदा (सूची)

२०८२ सालमा यी ८८ दिन सार्वजनिक बिदा (सूची)

नेपालखबर
बैशाख १, २०८२ सोमबार १०:२, काठमाडौँ

आजदेखि २०८२ साल लागेको छ। 

यो वर्ष जम्मा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ। 

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा छन्।

दसैँ र तिहारसमेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवससमेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ।

यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्। 

हेर्नुहोस् २०८२ सालको बिदा सूची: 

वैशाख

वैशाखमा ४ दिन शनिबार परेका छन्। यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकैदिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ।

जेठ

जेठमा ५ दिन शनिबार। अनि जेठ १५ गते गणतन्त्र दिवस। 

असार

असारमा ४ शनिबार। अन्य बिदा छैन ।

साउन

साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन्।२५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा।

भदौ

भदौमा ४ शनिबार। भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ। १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व। 

असोज

असोजमा ४ शनिबार। ३ गते संविधान दिवस। असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा। 

कात्तिक

कात्तिकमा ५ शनिबार। कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा। कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा। 

मंसिर

मंसिरमा ४ शनिबार। मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा। 

पुस

पुसमा ४ शनिबार। पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा।

माघ

माघमा ४ शनिबार। माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा। माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा। 

फागुन

फागुनमा ५ शनिबार। ३ गते महाशिवरात्रिको बिदा। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई-मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा।

चैत

चैतमा ४ शनिबार। ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा)। चैत १३ गते रामनवमीको बिदा। 

हेर्नुहोस् वर्षभरिको बिदा सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad