राजनीति


विद्यार्थी भर्ना अभियान सुरु, प्रधानमन्त्रीले दिए शुभकामना

विद्यार्थी भर्ना अभियान सुरु, प्रधानमन्त्रीले दिए शुभकामना

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार १०:१२, काठमाडौँ

नयाँ शैक्षिक सत्र २०८२ अन्तर्गत विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। 

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यो वर्ष नयाँ भर्ना अभियान सुरु भएको हो। सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई विद्यार्थी भर्ना अभियान सफल पार्न आग्रह गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई लगायतले विद्यार्थी भर्ना अभियानको शुभकामना दिएका छन्।

यस अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।  

‘अहिले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउदर बढाउन अझै मेहनत गर्नुपर्ने छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्थित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad