समाज


पुरुषको प्रोफाइल तस्बिर राखेर पूर्वप्रेमीको चरित्रहत्या गर्ने महिला पक्राउ

पुरुषको प्रोफाइल तस्बिर राखेर पूर्वप्रेमीको चरित्रहत्या गर्ने महिला पक्राउ

सांकेतिक फोटो


नेपालखबर
चैत ३१, २०८१ आइतबार १७:४०, काठमाडौँ

फेसबुकमा पुरुषको प्रोफाइल तस्बिर राखेर पूर्वप्रेमी र उनका परिवारको चरित्रहत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–६ सात धुरे दरबारमार्ग वतन भई रोजगारीको सिलसिलामा मलेसियामा रहेकी वर्ष ३० की विन्दु परियार रहेकी छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ३० गते पक्राउ गरेको हो।

सामाजिक सञ्जाल मार्फत प्रेम सम्बन्धमा रहन गई विवाह गर्ने सम्मका योजना हुँदै गर्दा सम्बन्धमा दरार हुन गए पश्चात उनले पुरूषको फेसबुक प्रोफाइल नामसँग मिल्दो नाम र फोटो प्रयोग गरी फेक आईडी बनाई ती पुरूष, उसकी श्रीमती लगायत नजिकका आफन्तहरूको समेत निरन्तर रूप चरित्र हत्या गर्ने गरेको प्रहरीले जनाएको छ।

साथै, पीडितसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त फेक आईडीबाट समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी चरित्रहत्या गर्ने गरेको पाइएको छ।

पक्राउ परेकी विन्दुउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा २०८० साल पुस ३ गते मुद्दा दर्ता भएको थियो।

फरार रहेकी उनलाई मलेसियाबाट फर्केलगत्तै पक्राउ गरिएको हो।

अदालती कारबाहीको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेस गरिएको साइबर ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad