नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरलाई जानकारी दिए।
बैठक सोमबार ११:३० बजे बस्ने उनको भनाइ छ।
'अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ,' उनले भने।
बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गौतमले बताए।
2.0k
Shares

प्रतिक्रिया