समाज


बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालखबर
असार २१, २०७६ शनिबार २:२५,

काठमाडौंको बबरमहलमा आज (शनिबार) बिहान ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका-८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको हो।

बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका थापाको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका स्कुटरका चालक काभ्रेको पनौती-१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad