समाज


वीरगन्जमा आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु

वीरगन्जमा आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु

नेपालखबर
चैत ३०, २०८१ शनिबार १९:२३, काठमाडौँ

पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यु  लगाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यु  आदेश भएको हो।

वीरगन्जमा चार किल्ला तोकि कर्फ्यु  आदेश भएको जिल्ला  प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म  कर्फ्यु  लाग्नेछ।

कर्फ्यु आदेश भएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।

शनिबार दिउँसो ५ बजेतिर शोभायात्रामा निस्केको समूहमाथि  वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो।

प्रहरीका अनुसार झडपमा  मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।

झडप नियन्त्रण गर्न प्रहरीले  ५ सेलअश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीले पानीको फोहरा हानी भीड तितर वितर पारेकोबताएको थियो।

झडपमा ८ जना घाईते भएको र ३ जनालाई उपचारको लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad