गण्डकी


पोखरामा फेवा नववर्ष महोत्सव सुरु

पोखरामा फेवा नववर्ष महोत्सव सुरु

नेपालखबर
चैत ३०, २०८१ शनिबार १९:२८, पोखरा

पोखराको लेकसाइडमा २० औँ फेवा नववर्ष महोत्सव २०८२ सुरु भएको छ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार महोत्सवको उद्घाटन गरे। होटल संघ पोखरा नेपालले महोत्सवको आयोजक हो। महोत्सव वैशाख १ गतेसम्म चल्ने छ।

महोत्सवको उद्घाटनअघि खहरे र ड्यामसाइडबाट आमा समूहसहित झाँकी–र्‍याली निकालिएको थियो। र्‍यालीमा पञ्चैबाजा, भजन र रत्यौलीसहित भक्तपुरको बिस्केट जात्रा पनि समावेश गरिएको थियो।

पोखरालाई नेपाली नववर्षको गन्तव्य बनाउन यो महोत्सव आयोजना गरिएको हो। संस्कृति र खाना पमहोत्सवका मुख्य आकर्षण हुन्। घुम्न आउने पर्यटकले महोत्सवभर  आयोजक होटल संघअन्तर्गतका होटलमा प्रकाशित दररेटमा २० प्रतिशत छुट प्राप्त गर्ने आयोजक संस्थाका  अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

उनले नेपाली नयाँवर्षमा पोखरा आउने पर्यटकको संख्या उल्लेख्य रहेको बताउँदै उनले पोखराका ८० प्रतिशत होटलका त्यति नै प्रतिशत कोठा भरिएको पनि बताए।  

प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा प्रकृति,संस्कृति र साहसिक गतिविधिको केन्द्र भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा सकारात्मक प्रभाव  परेको जिकिर गर्दै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिँदै जाने विश्वास व्यक्त गरे।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन्। संस्थागत व्याडमिन्टन कप प्रतियोगिता पनि महोत्सवअन्तर्गत नै समावेश गरिएको आयोजक संस्थाका महासचिव राजेन्द्र ढकालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad