समाज


विद्युतीय दुर्घटना ज्यान गुमाउनेलाई १० लाख रुपैयाँसम्म राहत

विद्युतीय दुर्घटना ज्यान गुमाउनेलाई १० लाख रुपैयाँसम्म राहत

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १९:५३, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण मृत्यु हुनेलाई १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।  

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले यसबारे निर्णय गरेको हो। 

अहिलेसम्म विद्युतीय दुर्घटनामा परेर ज्यान गुमाउने कर्मचारीलाई ५ लाखसम्म राहत र परिवारलाई तीन तहको रोजगारीको व्यवस्था थियो। 
 
सर्वसाधारणको हकमा बढीमा ५ लाखसम्म राहत दिने व्यवस्था भए पनि आजको बैठकले १० लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

बैठकले विद्युत वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टि सम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ । 

कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत महसुलमा असन्तुष्टी वा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशत मात्र कायम गर्ने निर्णय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad