ad ad

समाज


कोरोना आशंकामा वीर अस्पतालमा दुई बीरामी भर्ना, एकको मृत्यु

कोरोना आशंकामा वीर अस्पतालमा दुई बीरामी भर्ना, एकको मृत्यु

नेपालखबर
चैत १७, २०७६ सोमबार १०:२१,

कोरोनाको जस्तै लक्षण देखिएका दुइ बिरामीमध्ये एकको वीर अस्पतालमा मृत्यु भएको छ।

सोमबार बिहान अस्पताल पुगेका दुईमध्ये एक ५० वर्षका व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्राध्यापक डाक्टर विधाननिधी पौडेलले नेपालखबरलाई जानकारी दिए।

‘मृत्यु हुने व्यक्ति १५ दिनअघि मात्र भारत गएर आएका रहेछन्’, डा. पौडेलले भने, ‘रुघा, खोकी, निमोनियाको सिकिस्त विरामी रहेछन्, उपचार गर्दा गर्दै उनको मृत्यु भयो।’

उनको अस्पताल ल्याएको दुई घण्टामै मृत्यु भएको थियो। ‘स्वासप्रस्वासमा समस्या, निरन्तरको ज्वरो आइरहेका उनलाई कोरोनाकोे लक्षण रहेको भन्दै भेन्टिलेटरमा उपचार गर्ने तयारी थियो तर, अस्पतालमा ल्याएको २ घण्टाभित्रै उनको निधन भयो’ पौडेलले भने।

यस्तै अर्का व्यक्ति भने आइसोलेसनमा उपचाररत रहेका छन्। ती व्यक्तिमा कोरोनाका लक्षणहरु देखिएका छन्। उनको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।

‘टनसिलका कारण तीव्र ज्वरो आएको थियो, अवस्था जटिल र शंकास्पद देखिएको छ,’ डाक्टर पौडेलले दोस्रो व्यक्तिको जानकारी दिँदै नेपालखबरसँग भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पनि परीक्षण गर्न टेकु पठाएका छौं, रिपोर्टको पर्खाइमा छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .