तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। उनलाई भारतीय प्रहरीले आज नेपाल प्रहरी समक्ष बुझाउँदै छ।
तर प्रहरी प्रधान कार्यालयले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ पक्राउ नपरेको भन्दै औपचारिक विज्ञप्ती निकालेको छ। उनी खोजीको सूचीमा रहेकोसमेत प्रहरीले जनाएको छ।
प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए।

558
Shares

प्रतिक्रिया