अमेरिकाले चीनविरुद्धको भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्याएको छ।
ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानमा लगाइएको भन्सार १४५ प्रतिशत रहेको जानकारी गराएको हो।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयात शुल्क १२५ प्रतिशत पुर्याइएको बताएका थिए।
तर अमेरिकी प्रशासनले यसमा पहिले लागु गरिएको २० प्रतिशत भन्सार यसमा नजोडिएकाले त्योसमेत चिनियाँ सामानको भन्सार शुल्क १४५ प्रतिशत हुने बताएको हो।
यसअघि चीनले बदलामा अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।
बुधबार ट्रम्पले बढाइएको कर चीनबाहेक सबै देशमा ९० दिनका लागि स्थगन गरेका छन्। योसँगै ती देशलाई १० प्रतिशत आधारभूत शुल्क मात्र लाग्नेछ।
465
Shares

प्रतिक्रिया