नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र र महासचिवमा केदारप्रसाद कोइराला विजयी भएका छन्।
मिश्रले रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले र कोइरालाले यज्ञमणि न्यौपानेलाई २ हजार ३६७ मतले पछि पार्दै विजयी भएका हुन्।
मिश्र र कोइराला एउटै प्यानलबाट चुनाव लडेका थिए। यही प्यानलबाट चुनाव जितेका अन्य पदाधिकारी पनि फराकिलो मतअन्तरले विजयी भएका छन्।
हेर्नुहोस् बार परिसरमा विजयपछिको खुसियाली-





96
Shares

प्रतिक्रिया