समाज


माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच विवाद

माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच विवाद

नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:४१, काठमाडौँ

९ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरू र प्रहरीबीच माइतीघर क्षेत्रमा विवाद भएको छ।  विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा आएका शिक्षकले माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेर प्रदर्शन सुरु गरेपछि प्रहरीसँग विवाद भएको हो। 

प्रहरीले एक लेन सवारी आउजाउका लागि छोडेर प्रदर्शन गर्न भने पनि सिमसिमे पानी आइरहँदा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले टेरेनन्।  

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका हुन्। आज सरकारसँग उनीहरूको निर्णायक भनिएको वार्ता पनि छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad