ad ad

समाज


अफिनअन्तर्गतका निजी अस्पतालले सबै सेवामा २० प्रतिशत छुट दिने

अफिनअन्तर्गतका निजी अस्पतालले सबै सेवामा २० प्रतिशत छुट दिने

नेपालखबर
चैत १७, २०७६ सोमबार ६:३४,

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संकटको अवस्थालाई ध्यानमा राखेर निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले दिँदै आएको सम्पूर्ण सेवामा २० प्रतिशत छुट दिने भएका छन्।

एसोसिएसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपाल (अफिन) अन्तर्गत रहेका सम्पूर्ण अस्पतालहरुले उक्त छुट दिने भएका हुन्।

अफिन अध्यक्ष वसन्त चौधरीले सोमबार सामाजिक सञ्जाल ट्विटमार्फत चैत मसान्तसम्म उक्त छुट दिने जानकारी दिए।

‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै देशभरि रहेका निजी क्षेत्रद्वारा सञ्चालित अफिनका सम्पूर्ण सदस्य–स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले आज (सोमबार)बाट लागू हुने गरी २०७६ चैत मसान्तसम्म आफूले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्यसेवाहरुमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जानकारी गराउँछौं,’ ट्विटमा भनेका छन्।

अफिन निजी स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुको एक संस्था हो। हाल यस संस्थाअन्र्तगत मुलुकभर १७५ स्वास्थ्य सेवाहरु आवद्ध रहेको अफिनका अध्यक्ष चौधरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .