ad ad

समाज


कोरोनाको त्रासबीच आइतबारपछि सोमबार पनि उत्तरले गर्‍यो क्षेप्यास्त्र परीक्षण

कोरोनाको त्रासबीच आइतबारपछि सोमबार पनि उत्तरले गर्‍यो क्षेप्यास्त्र परीक्षण

नेपालखबर
चैत १७, २०७६ सोमबार ६:५१,

सोमबार मात्र उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

विश्व कोरोना भाइरसको त्रासमा गुज्रिरहेको समयमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्नु अव्यवहारिक भएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियाको आलोचना गरेको थियो।

दक्षिण कोरियाले आलोचना गरेको केहीबेरमै उत्तरले अर्को क्षेप्यास्त्र पनि परीक्षण गरेको हो।

सोमबार उत्तर कोरियाले केही शक्तिशाली क्षेप्यास्त्रहरु परीक्षण गरेको छ।

आइतबार उत्तरले छोटो दुरीमा मारहान्न सक्ने दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। उत्तरका क्षेप्यास्त्रहरुले ४१० किलोमिटरको दुरी पार गरेको दक्षिण कोरियाले बताएको छ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार सोमबार पनि उत्तरले केही शक्तिशाली रकेट लन्चरको सफल परीक्षण गरेको छ।

दक्षिण कोरियाले बारम्बार कोरोना भाइरको सन्त्रासका बेला त्यसो नगर्न आग्रह गरिरहँदा उत्तरले क्षेप्यास्त्र परीक्षणलाई रोक्ने कुनै संकेत दिएको छैन।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसबाट कोही बिरामी नपरेको बताउँदै आएको छ।

दक्षिण कोरियामा भने ९ हजार ६६१ कोरानाबाट संक्रमित छन्। त्यहाा १५८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .