आज (शनिबार) पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पश्चिमी क्षेत्रका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ भने मध्य र पूर्वका क्षेत्रमा भने मौसम आंशिक मात्र बदली छ।
मध्य र पूर्वी क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
‘वर्षा केहीबेरमै सुरु पनि हुनसक्छ, अथवा दिउँसोपछि पनि हुनसक्छ,’ उनले भनिन्, ‘तर पनि विशेषगरी दिउँसो मौसम बदली अझ सक्रिय हुने संकेत देखिएको छ।’
तर त्यस्तो लामो वर्षा वा झरी नभएर क्षणिक वर्षा हुने उनको भनाइ छ।
काठमाडौं उपत्यकामा घाम लागे पनि बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म अर्थात् आउने सोमबारसम्म देशभर मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना औंल्याएको छ।
महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम अनुमान यस्तो छः
असार २१ गते (शनिबार)
दिउँसो: देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ। पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही भू(भागमा हल्का देखि मध्यमसम्म र १(२ स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २२ गते (आइतबार)
दिउँसो: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
असार २३ गते (सोमबार)
दिउँसोस: देशभर सामान्य बदली भई केही स्थानहमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
Shares

प्रतिक्रिया