छापा खबर


कान गनाउँछ ? हड्डी कुहेको पनि हुनसक्छ है!

कान गनाउँछ ? हड्डी कुहेको पनि हुनसक्छ है!

नेपालखबर
असार २१, २०७६ शनिबार १:१४,

कानमा कस्ता रोग लाग्छन्? समयमै उपचार नगरे कस्ता समस्या आउँछन्?

आजको नागरिक दैनिकमा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ सर्जन डा.रवीन्द्र प्रधानांगसँगको कुराकानी छापिएको छ।

कानमा कस्ता रोगहरु लाग्छन्?
कान पाक्ने, कान नसुन्ने, कानमा आवाज आउने र चक्कर लाग्नेजस्ता रोग लाग्छन्।

कान पाक्नुको कारण के के हुन्?
कान पाक्नुका धेरै कारण छन्। एउटा एक्विड ओटाइटिस मिडिया (केही समयदेखि कान पाक्ने) हुन्छ भने अर्को क्रोनिक ओटाइटिस मिडिया (लामो समयदेखि पाकिरहने) हुन्छ।

क्रोनिक ओटाइटिस मिडिया लामो समय दोहोरिरहन्छ। कान पाक्ने समस्या खास बाहिरको कानमा पिलो, घाउ तथा ढुसी पलाएर र कानको नलीमा मासु पलाएर हुने गर्छ।

यीमध्ये बढी देखिने भनेको एक्विड ओटाइयटिस मिडिया र क्रोनिक ओटाइटिस मिडिया हुन्।

क्रोनिक ओटाइटिस मिडियामा कानको हड्डी कुहिने समस्या हुन्छ।

कानको नजिक मस्तिस्कको भाग हुन्छ। हड्डी कुहनिे रोगको सुरुकै अवस्थामा उपचार भएन भने भित्रभित्रै फैलिएर मस्तिस्क नजिकको हड्डी खिइन्छ। र, मस्तिष्कभित्र संक्रमण हुन्छ।

त्यसपछि मस्तिष्क ज्वरो, ब्रेन एप्सिस तथा इन्सोफ्वाइटिस हुन्छ र मुख बाङ्गिने, कान नसुन्नेजस्ता समस्या आउँछन्। यो रोग नेपालमा बढी देखिएको छ।

यसको कारण के होला?
मुख्य कारण नेपालको हावापानी हुनुपर्छ। दोस्रो व्यक्तिगत सफाइ, जनघनत्व, सामाजिक व्यवहारआदि कारण हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad