ad ad

समाज


सरकारले सबै प्रदेशमा स्वास्थ्य परीक्षण ल्याब बनाउने

सरकारले सबै प्रदेशमा स्वास्थ्य परीक्षण ल्याब बनाउने

नेपालखबर
चैत १६, २०७६ आइतबार ११:५८,

सरकारले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बिस्तार गर्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले प्रत्येक प्रदेशमा ल्याब बिस्तार गर्न लागेको जनाएका हुन्।

चीनबाट आइतबार स्वास्थ्य सामाग्रीसँगै ल्याबका लागि आवश्यक उपकरण पनि ल्याइएको जनाउँदै उनले प्रत्येक प्रदेशमा ल्याब विस्तार गर्न लागिएको जनाएका हुन्।

अहिलेसम्म काठमाडौंमा रहेको जनस्वास्थ्य प्रयोगशालामा मात्रै परीक्षण हुँदै आएको छ।

‘सरकारले आइतबार नै प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण सुरु गरिसकेको छ,’ श्रेष्ठले भने, ‘प्रदेश २ मा जनकपुर, प्रदेश ३ को हेटौंडा, गण्डकीको पोखरा, प्रदेश ५ को बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा ल्याब स्थापना गरिने भएको छ।

ती स्थानमा निरिक्षणको लागि प्राविधिकहरु समेत खटाइसकेको तथा आवश्यक सामाग्रीहरु समेत आइसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .