ad ad

समाज


धनगढीका संक्रमितसँग आएकाहरुको खोजी भैसक्यो, बाग्लुङकी युवतीसँग आउनेकाे खोजी जारी

धनगढीका संक्रमितसँग आएकाहरुको खोजी भैसक्यो, बाग्लुङकी युवतीसँग आउनेकाे खोजी जारी

नेपालखबर
चैत १६, २०७६ आइतबार ११:४५,

सरकारले धनगढीका संक्रमित युवासँग विमानमा नेपाल आएकाहरुको खोजी कार्य सकिएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रालयका प्रवक्ता विकास देवकोटाले धनगढीका युवासँग आएकाहरुको खोजीकार्य सकिएको र उनीहरु निगरानीमा रहेको जानकारी दिउका हुन्।

‘धनगढीको केसमा नेपाल आउदासम्मका प्लेनमा उनीसँग रहेकाहरुको खोजी कार्य सकिएको छ, उनले भने, अब नेपालमा आएर उनी को कोसँग भेटे भन्ने खोजी जारी छ।

धनगढीमा संक्रमित भेटिएका संक्रमित पुरुष दुबई हुँदै दिल्ली, काठमाडौं, नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बसको यात्रा हुँदै धनगढीमा पुगेका थिए।

उनी चैत्र ७ गते दुबईबाट बिहानै दिल्ली पुगेका थिए। दिल्लीमा ६ घण्टाको ट्रान्जिट रहेको र सोही दिन बेलुका ४ बजे काठमाडौं उत्रिएका थिए। अर्कोदन चैत्र ८ गते बुद्ध एयरबाट नेपालगञ्जसम्म गएका उनी नेपालगञ्ज विमानस्थलबाट अटोरिक्सा हुँदै कोहलपुल र कोहलपुलबाट हाइस लिएर अत्तरियासम्म आएको र अत्तरियाबाट पुनः विंगर चढेर धनगढी पुगेका थिए।

यस्तै प्रवक्ता देवकोटाले बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीसँग सम्पर्कमा आएकाहरुको खोजीकार्य जारी रहेको बताएका थिए। ती युवतीलाई कोरोना संक्रमण भएको शनिबारमात्रै पुष्टि भएको थियो। उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन्।

दुबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .