ad ad

समाज


लकडाउनमा क्रिकेट नखेल्नु भन्दा प्रहरीमाथि नै ब्याट प्रहार

लकडाउनमा क्रिकेट नखेल्नु भन्दा प्रहरीमाथि नै ब्याट प्रहार

नेपालखबर
चैत १६, २०७६ आइतबार १२:५,

लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्ने प्रहरीमाथि नै कुटपिट भएको छ।

बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएका हवल्दारमाथि कुटपिट भएको बारा प्रहरीले जनाएको छ।

आइतबार क्रिकेट खेलिरहेका ८/९ जनालाई प्रहरीले सम्झाउने क्रममा कुटपिट भएको हो।

हवल्दारलाई ब्याटले हान्ने परवानीपुर ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साह पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी हवल्दार घाइते भएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .