ad ad

समाज


पीपीई चीनले भन्दा हामीले सस्तो किनेको छौंः स्वास्थ्य मन्त्रालय

पीपीई चीनले भन्दा हामीले सस्तो किनेको छौंः स्वास्थ्य मन्त्रालय

नेपालखबर
चैत १६, २०७६ आइतबार ११:३५,

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान चिनिया सरकारले अनुदानमा दिन किनेको भन्दा सस्तो ल्याएको दाबी गरेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पीपीईको उदाहरण दिदैँ भने,' प्रान्त र चिनियाँ दूतावासले हामीलाई अनुदानमा दिएको पीपीई उहाँहरुले लगभग २ हजार नेपाली रुपैयाँमा किनिएको हो। तर, हामीले १९१९ रुपैयाँमा सम्झौता गरेका छौं।'

सरकारले चीनबाट मगाएको समान महँगो मूल्यमा ल्याएको भनी आलोचना भइरहेका बेला मन्त्रालयले यस्तो दाबी गरको हो।

आइतबार बिहानमात्रै चीनको सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइनाको सिएमसी इन्जिनियरिग कम्पनी, होंगसी कम्पनीले अनुदानमा दिएका सामानहरु तथा नेपाल सरकारले खरिद गरेका सामानहरु लिएर नेपाल वायुसेवा निगमको वाइडवडी विमान काठमाडौं ओर्लिएको थियो।

अहिले विश्वभर नै सामानहरु अभाव रहेका बेला केही महँगो परेको हुनसक्ने उनले स्वीकारे। आफूहरु मितव्ययिता र पारदर्शितामा ध्यान दिने भन्दै किनिसकेपछि विवरण वेवसाइटमा राख्ने समेत बताए।

देशभर पीपीई अभाव रहेको अस्वीकार गर्दै उनले उपचार हुने ठाउमा पीपीई रहेको तथा पर्याप्त नरहेको बताए।

इन्सिडेन्ट कमान्ड सिस्टम प्रभावशाली बनाउँन ५ विभाग
स्वास्थ्यमन्त्रालयले इन्सिडेन्ट कमान्ड सिस्टम प्रभावकारी बनाउँन ५ विभाग गठन गरेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सञ्चार र कोर्डिनेसन विभाग, शंकास्पद बिरामीहरु पत्ता लगाउने विभाग, अस्पताल र त्यहाँको सेवाबारे समन्वयन गर्ने विभाग, लजिस्टिक र फाइनान्स विभाग गठन गरिएको जानकारी दिए।

यी विभागहरुको माध्यमबाट कामसँग छिटो र सजिलो हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .