समाज


सिन्धुलीमा २ सवारी आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु, गाडीमा सवार ९ यात्रु घाइते

दुर्घटनापछि गाडी चालक पक्राउ (मृतक र घाइतेकाे विवरण)
सिन्धुलीमा २ सवारी आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु, गाडीमा सवार ९ यात्रु घाइते

दुर्घटनामा परेकाे गाडी।


नेपालखबर
चैत २१, २०८१ बिहिबार १३:३८, काठमाडौँ

सिन्धुलीको दुधौलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नाैजना घाइते भएका छन्। 

मदन भण्डारी राजमार्गमा पर्ने दुधौली नगरपालिका- ४ एकहटियामा बिहीबार बिहान मोटरसाइकल र ईभी गाडी आसपमा ठोक्किएका हुन्।

डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र-२-०१-००१ प ७०११ नम्बरको मोटरसाइकल र उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा-प्र ०३-०१ ज ४४५ नम्बरको गाडी बिहीबार बिहान करिब साढे ८ बजे आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुलीको तीनपाटन गाउँपालिका १० औलडाँडा घर भएका २६ वर्षीय प्रेम राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरीक्षक अनिलकुमार खड्काले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि गाडीका चालक उदयपुरको त्रियुगा नगरपालिका ६ घर भएका ३८ वर्षीय वीरेन्द्र कुमार बस्नेलाई प्रहरीले पक्राउ गरेको छ। 

हेर्नुहाेस् मृतक र घाइतेकाे विवरण

१.मो.सा. चालक – जिल्ला सिन्धुली तीनपाटन गा.पा. १०, औलडाँडा बस्ने वर्ष २६ को प्रेम राना मगर। टाउको, पेट, दायाँखुट्टामा चोट, अवस्था गम्भिर (ऐ. ०९;५७ बजेको समयमा नगर अस्पताल, सिर्थौलीमा  उपचारको क्रममा मृत्त घोषित)। 
ईभी गाडीमा सवार निम्न घाईतेहरु:-
२. जिल्ला उदयपुर त्रियुगा न.पा.११ बस्ने  वर्ष ४३ की  रुक्मा बस्नेत खड्काको टाउकोमा चोट, अबस्था मध्यम।
३. जिल्ला उदयपुर लालपत्ता गा.पा.६  बस्ने  वर्ष २९ की रोशनी माया तामाङ दुबै खुट्टा र ढाडमा चोट अबस्था मध्यम  (१०:३५ मा ट्रमा सेन्टर, काठमाण्डौं रिफर भएको ) ।
४. जिल्ला उदयपुर त्रियुगा न.पा १० बस्ने वर्ष ७० की सकुन्तला बस्नेतको दुबै खुट्टा र बाँया हातमा चोट, अवस्था सामान्य।
५. ऐ. ऐ. ११  बस्ने  वर्ष १६ को आकृत खड्काको टाउकोमा चोट, अबस्था सामान्य।
६. ऐ.ऐ. ६ बस्ने वर्ष ३५ की तारा बि.क.को  दुबै खुट्टा र दाहिने हातमा चोट, अबस्था मध्यम।
७. ऐ. ऐ. ११ बस्ने वर्ष ३७ को बिन्दा कटुवालको टाउँको, दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम।
८  ऐ.ऐ. बस्ने वर्ष ७ कि सिजु राउतको बाँया खुट्टामा चोट, अवस्था सामान्य।
९. जिल्ला उदयपुर रौतामाई गा.पा.२ बस्ने वर्ष १७ को योन्जन खड्काको ढाडमा चोट, अवस्था सामान्य।
१०. जिल्ला सिन्धुली दुधौली न.पा. ८ बस्ने वर्ष ४८ कि चुडा कुमारी मिश्रको दुबै खुट्टामा चोट, अवस्था सामान्य।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad