सरकारले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी वायु अत्यधिक अस्वस्थकर भएको र सजग अपनाउन आग्रह गरेको हो।
'वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीलगायत अंगहरूमा गम्भीर असर पार्दछ,' मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घकालीन रोगहरूको जोखिमसमेत बढाउँछ।'
काठमाडौँको हावा अति अस्वस्थकर, यतिबेला किन बढ्यो प्रदूषण?
वायु प्रदूषणले शारीरिक तथा मानसिक रुपमा कमजोर शिशु जन्मिने सम्भावना उच्च रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहान नहिँड्न पनि आग्रह गरेको छ।

864
Shares

प्रतिक्रिया