समाज


कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

नेपालखबर
चैत २०, २०८१ बुधबार ९:३२, काठमाडौँ

सरकारले पदबाट बर्खास्त गरेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ। 

प्राधिकरणकाे कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङलाई थमौती गर्ने कि नगर्ने भनेर सर्वोच्च अदालतमा हिजोदेखि वहस सुरु भएको हो। 

मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि यो मुद्दा  ‘हेर्दाहेर्दै’मा राखिएको छ। जसको पेसी आजको लागि तोकिएको छ। 

इजलासबाटै लगातार सुनुवाइ हुने गरी पेसी तोकिएकाले याे मुद्दालाई सर्वोच्चले प्राथमिकतासाथ हेर्न खोजेको देखिएको छ।

कुलमानले आफूलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्। उक्त निर्णय तत्काल कार्यान्वयन नरोके अपूरणीय क्षति हुने भन्दै आफूलाई तत्काल थमौतीका लागि अन्तरिम आदेश पनि उनले माग गरेका छन्।

प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिवेला रिट निवेदन दायर गरेका थिए। अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ सुरु गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad