बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्प गएको छ।
यो जानकारी भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको हो।
एनसीएसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारीअनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडका भूकम्प गएका हुन्।
पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर तल थियो भने अफगानिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १९३ किलोमिटर तल थियो।
गत शुक्रबार मात्र म्यानमारमा ७७ म्याग्नच्युडको शक्तिशाली भूकम्प जाँदा १७ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। जसको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। बैंकमा पनि धनजनको क्षति भएको छ।
ती देशमा अहिले पनि उद्धार जारी छ।
1.0k
Shares

प्रतिक्रिया