समाज


१७ चैतको राशिफल: वृषलाई पुनर्मिलनको योग, तुलाको तार्किक क्षमता बढ्ने, तपाईँको के?

१७ चैतको राशिफल: वृषलाई पुनर्मिलनको योग, तुलाको तार्किक क्षमता बढ्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत १७, २०८१ आइतबार ४:३७, काठमाडौँ

आज शनिबार, १७ चैत २०८१ (३० मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : आजको लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। वैदेशिक कार्यमा सफलता पाइएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। साँझमा पैसा खर्च पनि हुनसक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुनर्मिलनको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तर दायित्व वा पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

कर्कट : आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ र सुन्न पाइनेछ। वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

सिंह : आज जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। तामसीक भोजन नगर्ने।

कन्या : आज दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

तुला : आज दिन भाग्यशाली भएर देखा पर्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभ चिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। सरकारी निकायको भय रहनेछ, आत: सावधान रहनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ठीक समयमा सही निर्णय लिन सकिनेछ तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु : राम्रै काम गरेपनि कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तर्क्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। झुट नबोल्ने।

मकर : आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग पनि छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

कुम्भ : आज कुनै कुराले मनमा शान्ति छाउनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। बोलीको प्रभावले स्वरोजगार पाइनेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग देखिन्छ। बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ। शुभ समाचार सुन्नमा आउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्किँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad