शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका १२८ जनामध्ये १६ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ।
बाँकी ११२ जना डिस्चार्ज भएका छन्।
प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ घाइते भएका ५५ जनामध्ये ५० जना डिस्चार्ज भएका छन्। ५ जनाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, सशस्त्र प्रहरीका २२ जना घाइते भएका थिए। एक जना हाल उपचाररत छन् भने २१ जना डिस्चार्ज भएका छन्।
प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये ३५ जना डिस्चार्ज भएका छन् भने १६ जना उपचाररत छन्।
केएमसीमा अस्पतालमा ६ जना, ट्रमा सेन्टरमा २ जना र सिभिल अस्पतालमा ३ जना, बी एन्ड बी मा चार र पाटन अस्पतालमा एकजनाको उपाचार भइरहेको हो।
प्रहरीले शनिबार थप ६ जना गरी १११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा व्यक्तिगत र सरकारी कार्यलय गरी १८ स्थानमा तोडफोड भएको, १२ स्थानमा आगलागी भएको तथा एक ठाउँमा तोडफोडसहित लुटपाट भएको प्रहरीले जनाएको छ।
सवारीसाधन तर्फ प्रहरीका ६ वटा, सरकारी कार्यालयको ४ वटा, नखुलेका ६ वटा, तथा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर गरी २२ वटामा आगजनी गरिएको प्रहरीले उल्लेख गरेको छ।
सो घटनामा परी दुई जनाको ज्यान गएको थियो।
Shares

प्रतिक्रिया