हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साथै कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
मेघ गर्जन, हवाहुरी र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया