पाँचरथर र पर्वतमा दुई किशोरीमाथि बलात्कार भएको छ।
पाँचथरको हिलिहाङकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईली पक्राउ परेका छन्।
उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले ती किशोरीलाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलमा लगेर जबर्जस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरि पर्वतको जलजलाकी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर रहेका प्रहरीले जनाएको छ।
मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। मगरमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया