राजनीति


स्ववियु निर्वाचन : सय मत गणना हुँदा पीएनमा अनेरास्ववियुका पोखरेलको अग्रता

स्ववियु निर्वाचन : सय मत गणना हुँदा पीएनमा अनेरास्ववियुका पोखरेलको अग्रता

नेपालखबर
चैत ११, २०८१ सोमबार १३:९, काठमाडौँ

पोखराको पृथ्वीनारायण क्याम्पस(पीएन)मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा सय मत गनिसक्दा नेकपा एमालेनिकट अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता बनाएका छन्। सुरुवाती अग्रता बनाउँदा उनले ४३ मत प्राप्त गरे। त्यस्तै उनलाई पछ्याउँदै नेविसंघका सुशील न्यौपानेले १८ मत ल्याएका छन् भने स्वतन्त्र विप्लवी न्यौपानेले १३ मत ल्याएकी छन्। 

सचिवमा पनि अनेरास्ववियुकै विराज दुवाडी ५० मत ल्याएर अघि लागेका छन्। उनलाई नेविसंघका विवेक भट्टराईले १९ मतका साथ पछ्याइरहेका छन्। अनेरास्ववियू क्रान्तिकारीका मिराज थापा मगरले ११ मत ल्याएका छन्।  

कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्दिका गुरुङले ५३ मतका साथ अग्रता बनाएकी छन्। उनलाई नेविसंघकी अमिषा यादवले २१ मत ल्याएर पछ्याइहेकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad