समाज

महायज्ञको नाममा दलितको घर भत्काउने तीन जनाविरुद्ध जाहेरी

नेपालखबर
चैत ९, २०८१ शनिबार २०:२६, काठमाडौँ

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवार सदस्यले प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए।

उनले भने, 'पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ। यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ।'

दलित अगुवासहित पुगेर पीडित परिवारका दीपक मरिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।

औरहीका स्थानीय समेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीले जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ। बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो। गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर घर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका थिए। उक्त घरले चर्चेको जमिनको माटो समेत ताछेर फालेपछि जातीय विभेद गरिएको भन्दै विरोध भइरहेको छ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ। राष्ट्रय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्त्व दिएर स्थलगत अनुगमन गरी अनुसन्धान अगाडि बढाएका छन्। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवार सदस्यले प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए।

उनले भने, 'पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ। यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ।'

दलित अगुवासहित पुगेर पीडित परिवारका दीपक मरिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।

औरहीका स्थानीय समेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीले जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ। बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो। गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर घर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका थिए। उक्त घरले चर्चेको जमिनको माटो समेत ताछेर फालेपछि जातीय विभेद गरिएको भन्दै विरोध भइरहेको छ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ। राष्ट्रय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्त्व दिएर स्थलगत अनुगमन गरी अनुसन्धान अगाडि बढाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad