ad ad

समाज


जंगली हात्तीको त्रासले रातभर जाग्राम

जंगली हात्तीको त्रासले रातभर जाग्राम

गाेपाल बराल
चैत १४, २०७६ शुक्रबार ४:४६,

मुलुकभर लकडाउन चलिरहेका बेला महोत्तरी, महोत्तरी, धनुसा र सिन्धुलीको चुरे क्षेत्रका बासिन्दा जङ्गली हात्तीको त्रासले रातैभरि जाग्राम बस्न थालेका छन्।

महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको चुरे क्षेत्रका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो।

‘रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन’, चुरेको काखकै महोत्तरीको बर्दिवास नगरपालिका–३ पर्साहीधापकी गृहिणी मनमाया पुलामीले भन्नुभयो, ‘हात्तीले आफ्नो बस्तीमा पोहोरपरार मच्चाएको उधुम सम्झियो कि निद्रा लाग्दैन।’

गत वर्ष हिउँदमा पर्साहीधापका चार घर हात्तीले भत्काएको थियो।

केही दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो।

बिहीबार बिहानमात्र सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको आक्रमणले दुई घाइते भएपछि सीमा जोडिएका बस्तीमा त्रास बढेको बर्दिवास–३ कै रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए।

‘ तीनै जिल्लाका बस्ती जोडिएका छन्, एक ठाउँमा हात्तीको उत्पात मच्चिनासाथ वरपरका कुनै बस्तीका मान्छे सञ्चसँग सुत्न सक्दैनन्’, थापाले भने, ‘वर्षेनी जङ्गली हात्तीको उत्पात सहनुपरेको छ।’

महोत्तरीको बर्दिवास नगरपालिका, धनुषाको मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका बस्ती चुरेसँगै जोडिएर वारिपारि छन्।

यी क्षेत्रका बस्तीमा वर्षेनी जङ्गली हात्तीले घर भत्काउने, बालीनाली सखाप पार्ने र कतिपय बेला मान्छेलाई आक्रमण गरेको दुःख आपूmहरुको नियति नै बनिसकेको छिमेककै धनुषाको मिथिला–१० तुलसी बस्तीका ७२ वर्षीय टीकाप्रसाद बराल बताउछन्।

वर्षेनी प्रायःजसो हिउँदतिर तीन–चार वटाको सङ्ख्यामा चुरे काछका बस्तीमा पस्ने हात्तीले पालैपालो एकअर्को जिल्लाका बासिन्दालाई दुःख दिँदै आएका छन्।

गत वर्ष हिउँदमा बर्दिवास नगरपालिका–३, ४ र ५ का करिब एक दर्जन बस्तीमा पसेका जङ्गली हात्तीको समूहले ११ घरमा क्षति पु¥याउनुका साथै बालीनाली नोक्सान गरेको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले बताए।

दिनभरि घना जङ्गलमा सुत्ने हात्तीले प्रायःजसो मध्यरातपछिको समयमा बस्ती पसेर उधुम मच्चाउने गरेको छ।

‘भर्खर चुरेपारिको गिजियानीमा दुई जनालाई लडाएर घाइते बनायो’, बर्दिवास–३ पाटुका सुदर्शन घिमिरेले भने, ‘कुन दिन कुन बस्तीमा पस्छ, भन्नै सकिँदैन, अनि निदाउने त कुरै आउँदैन।’

अहिले कोरोना त्रासले मुलुकमा ‘लकडाउन’ जारी गरिएका बेला जङ्गली हात्ती बस्ती पसेपछि सर्वसाधारणको हैरानी बढेको छ।

यस भेगका सर्वसाधारणले हात्ती धपाउन सुरक्षा निकायले पहलकदमी लिएर आपूmहरुलाई सुरक्षित बनाइदिन हारगुहार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .