काठमाडौँमा मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन्।
रोकाहा एक हजार ५३ मतसहित स्ववियु सभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाएका छन्।
सचिवमा नेविसंघका ज्ञानु दाहाल ९९४ मतसहित विजयी भएकी छन्। कोषाध्यक्षमा नेविसंघकै सुशील खड्का एक हजार सात मतसहित विजयी भए।
खसेको कुल दुई हजार २३३ मतमध्ये सदस्य पदका उमेदवार मौसम आचार्यले पपुलर मत एक हजार ९० मत प्राप्त गरेका छन्।
विजयी हुने अन्य सदस्यहरूमा दीपककुमार यादवले ८६२, कृतिका वडालले ९०८, रिदम थापाले ८६६, अनुप कडेलले ८२०, लोकेश बढाले ८२६, रेजिना कडरियाले ८२० र रंधीर कुमार मिश्रले ८५९ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ अनेरास्ववियु विशाल रोकाहा समूह र नेविसंघले समान चार सिट जितेका छन्। क्रान्तिकारी र समाजवादी अनेरास्ववियूले पनि समान एकएक सिट जितेका छन्।
समानुपातिकमा सबैभन्दा बढी मत नेविसंघले ९८० पाएको छ। समानुपातिकमा अनेरास्ववियु विशाल रोकाहा समूहले ७९८ मत पाएको छ।
Shares

प्रतिक्रिया