राजनीति


आज बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान

आज बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान

नेपालखबर
चैत ६, २०८१ बुधबार ९:२३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए। 

अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। ‘अध्यक्षज्यू अहिले चितवनमा हुनुहुन्छ,’ नेता यादवले नेपालखबरसँग भने, ‘चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।’

काठमाडौँमा राजावादीहरु सक्रिय हुन थालेको भन्दै गएको फागनु २४ गते रौतहटमा पुगेपछि माओवादीले अभियान स्थगित गरेको थियो। त्यसपछि काठमाडौँ फर्किका माओवादी नेताहरुले विभिन्न मिटिङ र छलफलहरु गरेका थिए। 

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो। 

हुलाकी मार्ग हुँदै सञ्चालन भइरहेको यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने माओवादीको तयारी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad