समाज


अमेरिकाबाट नेपालले निःशुल्क पायो पक्षाघातको ८ सय भाइल औषधि

एक मात्राकै डेढ लाख भन्दा धेरै मूल्य पर्ने यो औषधि नेपालले ५ वर्षसम्म निःशुल्क पाउने
अमेरिकाबाट नेपालले निःशुल्क पायो पक्षाघातको ८ सय भाइल औषधि

नेपालखबर
चैत ४, २०८१ सोमबार १३:१४, काठमाडौँ

अमेरिकाबाट पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी नेपाल आएको छ। अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफले नेपाललाई पक्षाघातको औषधि निःशुल्क उपलब्ध गराएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ मानिने औषधी नेपालले निःशुल्क रुपमा पाएको हो। 

डाइरेक्ट रिलिफले पहिलो चरणमा आठसय भाइल औषधि नेपाल पठाएको हो। स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गरिने जनाएको छ। 

पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी अस्पताललाई यो औषधि उपलब्ध गराइने छ।  आगामी एक साताभित्रमै यो औषधि बिरामीले पाउने मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

सहजै उपलब्ध समेत नहुने यो औषधीको एक मात्राको मूल्य नै नेपालमा झन्डै एक लाख ६० हजार रुपैयाँ पर्छ। 

सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि  स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबीच सम्झौता भएको थियो। डाइरेक्ट रिलिफले पाँच वर्षसम्म नेपाललाई निःशुल्क औषधी उपलब्ध गराउने सम्झौता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad